ad ad

छापा खबर


जापान जाने कामदारको परीक्षाको लाग्यो टुंगो, यस्तो छ सहभागी हुने प्रक्रिया

जापान जाने कामदारको परीक्षाको लाग्यो टुंगो, यस्तो छ सहभागी हुने प्रक्रिया

नेपालखबर
साउन २८, २०७६ मंगलबार २:४९,

जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ।

कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ। यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन्।

भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउनेछन्।

‘जापानले यसका लागि कुनै विषयमा प्रमाणपत्र वा तालिमको प्रमाणपत्र पेस गर्नु नपर्ने बताएको छ । भाषा परीक्षा र सीप परीक्षणमा पास भए मात्रै पुग्छ,’ श्रमका एक अधिकारीले भने। यो खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्।

जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष अदक्ष कामदार लैजाने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छानेको हो । उसले ५ वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार लैजाने भएको छ ।

नेपालबाट मात्रै लैजाने संख्या भने सार्वजनिक गरेको छैन। कम्पनीले माग गरेअनुसार कामदार छानिने मन्त्रालयको भनाइ छ।

‘परीक्षा सकिएलगत्तै परीक्षार्थीले पासफेल थाहा पाउनेछन्,’ श्रम मन्त्रालयका सहसचिव उमेश ढुंगानाले भने, ‘एकपटक भाषामा पास भएपछि त्यसले १० वर्षसम्म मान्यता पाउनेछ ।’

भाषा परीक्षाका लागि २५ सय, सीप परीक्षाका लागि एक हजार र नर्सिङ क्षेत्रका लागि एक हजार गरी ४ हजार ५ सय जापानी येन शुल्क लाग्नेछ । भाषा र सीप परीक्षणमा सहजीकरण गर्न वैदेशिक रोजगार विभागमा जापान एकाइ बनाइएको छ।

सरकारी समझदारीअनुसार भिसा प्रक्रियामा लाग्ने सबै खर्च र टिकटको खर्च रोजगारदाताकै जिम्मेवारीभित्र पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .