ad ad

समाज


एमबीएसको प्रश्नपत्र फोटोकपी गरिरहेका पाँचजना पक्राउ

एमबीएसको प्रश्नपत्र फोटोकपी गरिरहेका पाँचजना पक्राउ

नेपालखबर
साउन २८, २०७६ मंगलबार २:४६,

एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं.४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री, वडा नं. १२ का २२ वर्षीय लालबाबु मण्डल, सोही वडाका २४ वर्षीय सुजीतकुमार मण्डल र सर्लाहीको ईश्वरपुर नगरपालिका–७ का २० वर्षीय अविनाश महतो रहेका छन्।

उनीहरूलाई लालबाबु मण्डलले सञ्चालन गरेको इमेज स्टुडियोमा प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको फोटोकपी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ गरिएकाहरूमाथि सार्वजनिक शान्तिविरूद्धको मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .