ad ad

छापा खबर


सर्वसाधारणको १० करोड ठगेर सुन व्यापारी बेपत्ता

सर्वसाधारणको १० करोड ठगेर सुन व्यापारी बेपत्ता

नेपालखबर
साउन २८, २०७६ मंगलबार ३:१९,

सर्वसाधारणको १० करोडभन्दा बढी रकम लिएर मोरङको बेलबारी १ मा लामो समयदेखि सुनचाँदीको कारोबार गर्दै आएका एक व्यापारी बेपत्ता भएका छन्।

बेलबारी १ सिनेमा हल लाइनमा ओमकृष्ण सुनचाँदी पसलका सञ्चालक घनश्याम श्रेष्ठ सर्वसाधारणको १० करोडभन्दा बढी रकम ठगेर बेपत्ता भएका हुन्।

ठगीमा पर्नेमा बेलबारीका प्रतिष्ठित व्यक्तिदेखि सर्वसाधारणसम्म छन्। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।

ब्याजको प्रलोभनमा परी श्रेष्ठलाई पैसा दिएका २ सयभन्दा बढी सर्वसाधारण ठगीमा परेको रहस्य खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .