उज्यालोको पर्व मानिने तिहारको आज महत्वपूर्ण दिन लक्ष्मीपूजा नेपालीहरुले धूमधामसाथ मनाएका छन्। देशैभर घरघरमा दीपावली गरेर नेपालीहरुले लक्ष्मीपूजा मनाएका हुन्। धनधान्यकी देवीका रुपमा लक्ष्मीपूजा मनाउने गरिन्छ।
तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई भनिन्छ ।
लक्ष्मीपूजाको राति काठमाडौं उपत्यका झिलिमिली देखिएको छ। हेर्नुहोस् तस्बिरहरु ः
प्रतिक्रिया