काठमाडौं महानगरपालिकाले अवैध तथा फुटपाथमा बनेका संरचना भत्काउने कामलाई आज (शुक्रबार, ३१ भदौ) पनि निरन्तरता दिएको छ।
महानगरले आज नयाँ बानेश्वर आसपासका क्षेत्रमा डोजर चलाएको छ। नयाँ बानेश्वरको फुटपाथमा बनेका पसल, टहरा लगायत केही भवनको बेसमेन्ट खुला गराउन डोजर चलाएको हो।
नयाँ बानेश्वरको बैंक अफ काठमाडौं रहेको सूर्य उजेली भवनको बेसमेन्ट खुलाउनका लागि डोजर चलाएको थियो।
महानगर प्रहरीका अनुसार यसअघि नै सो भवनमा बेसमेन्ट खुलाउनका लागि सूचना गरिएको थियो। तर, अटेर गरेपछि शुक्रबार डोजर लगाइएको प्रहरीले जनाएको छ।
त्यसपछि थापागाउँका केही अनधिकृत भवनमा महानगरपालिकाले डोजर चलाएको हो।
183
Shares
प्रतिक्रिया