सत्तारुढ गठबन्धन दल निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन्। राजधानीको भृकुटिमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पस गेटमा राष्ट्रपति भण्डारीको पुत्ला दलह गरिएको हो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका विद्यार्थी नेताहरुले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रदर्शन गरेका हुन्।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले ‘संविधान माथि कु’ गरेको उनीहरुले बताएका छन्।
राष्ट्रपति भण्डारीले २० भदौमा संसदको दुबै सदनबाट पािरत भएर शितल निवास पुगेको विधेयक प्रमाणीकरण नगरी समय गुजारिदिएकी छन्।
प्रमाणिकरणको अन्तिम म्याद मंगलबार राती १२ बजेसम्म थियो। राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको सत्ता गठबन्धनको ठहर छ। गठबन्धनले विज्ञप्ती नै निकालेको राष्ट्रपतिको कदमप्रति आक्रोश व्यक्त गरेको छ।
संवैधानिक कानुनका जानकार व्यक्तिहरुले पनि राष्ट्रपतिको कदमप्रति असन्तुष्टि जनाएका छन्।
तस्बिरहरुः
Shares
प्रतिक्रिया