विश्व पर्यटन दिवसको दिन पहिले प्रवेश गर्ने पर्यटकलाई रुपन्देहीको बेलहिया नाकामा आज भव्य स्वागत गरिएको छ।
बेलहिया नाकामा आयोजित कार्यक्रममा मंगलबार सुरुमा नेपाल प्रवेश गरेका पर्यटक इजरायलका म्याक, क्यानडाका आरोन र चीनकी जुलाई स्वागत तथा सम्मान गरिएको हो।
भारतीय पर्यटक दिल्लीका लाला राम र केरलाका राकेश कुमार कच्छलाई पनि स्वागत गरिएको थियो ।
बेलहियामा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाणले ती पर्यटकहरुलाई रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए।
उनीहरुलाई आजको दिनमा पर्यटन सेवा निःशुल्क हुने पर्यटन दिवस मूल समारोह समितिका संयोजक तथा सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष सिपी श्रेष्ठले जानकारी दिए।
‘आजको दिनको लागि होटलमा बस्न, खान र ट्राभल निःशुल्क छ’, उनले भने।
समारोहमा बुद्धको इतिहाससम्बन्धी नाट्य प्रस्तुति, सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो।
Shares
प्रतिक्रिया