टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले अध्यादेश ल्याएपछि चौतर्फ विरोध भएको छ।
एक बालकसहित ८ प्रहरीको सामूहिक हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेर अदालतबाट दोषी ठहर भइसकेका रेशमसहितलाई छुटाउन सरकारले मुलुकी संहिता नै संशोधन गरेको छ।
गम्भीर अपराधका दोषीलाई छाड्न खोजेपछि सरकारविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म तातेको छ।
मंगलबार अनेरास्ववियुसम्वद्ध विद्यार्थीहरुले अध्यादेशविरुद्ध घण्टाघर क्षेत्रमा प्रदर्शन गरेका छन्। उनीहरुले 'रेशमलाई देखाउने आलमलाई छुटाउने', 'राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गरौँ' जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।
39
Shares
प्रतिक्रिया