सोमबार दोस्रोपटक पानी परेर रोकिएको खेल हेर्न छाता ओढेरै प्रतीक्षा गर्ने क्रिकेटप्रेमीहरू आज पनि बाँकी खेल हेर्न सोही उत्साहका साथ त्रिवि क्रिकेट मैदान पुगेका छन्।
सोमबार पानी नरोकिएपछि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाउँदा रोकिएको खेल त्यहीँ अवस्थाबाट सुरु भई जारी छ।
यूएईले घरेलु टोलीलाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भयो।
अहिले नेपालले ब्याटिङ गरिरहेको छ। ओपनर कुशल भुर्तेल १ रन बनाएर आउट भए।
मैदानमा अहिले आशिफ शेख र गुलसन झा नटआउट खेलिरहेका छन्।
२.४ ओभरमा खेलिरहेको नेपालले १ विकेटको क्षतिमा ७ रन जोडेको छ।
27
Shares
प्रतिक्रिया