एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। नेपालले सुरुवातमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो।
यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १.२ ओभरमै पहिलो विकेट गुमाएको हो।
८ बलको सामना गरेका कुशल १ रनमा रोहन मुस्तफाको बलमा एलबीडब्ल्यू धरापमा परे। नेपालले जितका लागि २० ओभरमा बिनाविकेटको क्षतिमा २८ रन बनाउनुपर्ने थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भयो।
51
Shares
प्रतिक्रिया