लामो समयदेखि आन्दोलित नागरिकताविहीनहरु र प्रहरीबीच माइतीघर मण्डलमा घम्साघम्सी परेको छ।
दैनिकजसो माइतघर मण्डलमा धर्ना दिइरहेका नागरिकताविहीनहरु र सुरक्षामा तैनाथ प्रहरीबीच मंगलबार दिउँसो केहीबेर तनाव भएको हो।
दुई पक्षबीच धक्कामुक्कीसँगै झडप पनि भएको छ। त्यसक्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुंगा हानेका थिए।
झडपमा उत्रिएकामध्ये ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको नागरिकता विधेयक हाल सर्वोच्च अदालतमा विचाराधीन छ।
87
Shares
प्रतिक्रिया