राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन्।
राष्ट्रपतिबाट टीका, प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको थियो।
त्यस्तै, अन्य सर्वसाधारणका लागि टीका, प्रसाद ग्रहण गर्ने समय अपराह्न ३ देखि ५ बजेसम्म तोकिएको थियो।
834
Shares
प्रतिक्रिया