नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको सिक्का बिक्री थालेको छ। राष्ट्र बैंकले तिहारका लागि आइतबारदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री थालेको हो।
केन्द्रीय बैंकले कात्तिक आइतबारदेखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री थालेको हो।
एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्राको असर्फी सर्वसाधारणले खरिद गर्न दिइएको छ।
यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गरिरहेका छन्।
90
Shares
प्रतिक्रिया