असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज पहाडी जिल्लामा उल्लासमय वातावरणमा मनाइँदैछ।
प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व पहाडी जिल्लामा अघिल्लो दिन र तराईका जिल्लामा त्यसको भोलिपल्ट मनाइने गरिन्छ।
त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रल्हादसँग यस चाडलाई जोडेर हेरिन्छ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएको, विष्णु भक्त प्रल्हादलाई केही नभएको र त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको किंवदन्ती छ।
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ। उल्लासमय यस पर्वमा आज काठमाडौँको वसन्तपुरमा नेपालीसहित विदेशी पर्यटक समेत रङसँग रमाएका केही दृश्य:
135
Shares
प्रतिक्रिया