ad ad

फोटोफिचर


अस्तव्यस्त बन्यो बागमती करिडोर (तस्बिरहरू)


सरोज नेपाल
असार २२, २०८१ शनिबार १५:१७, काठमाडौँ

गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ।

कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ।

हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति भएको छैन। 

यद्यपि वर्षात्‌का कारण जनजीवन प्रभावित भएको छ। थापाथली आसपास रहेका सुकुम्बासी बस्तीमा बाढीको जोखिम बढेको छ। 

यहाँका बस्ती वरिपरका स्थानीयहरूको आवतजावत अस्तव्यस्त बनेको छ।

काठमाडौँ उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। त्यस्तै, महानगर प्रहरीका टोलीहरू पनि नदी आसपासका क्षेत्रहरूमा परिचालित भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका  गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमाण्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालित छ।

टेकुदेखि यूएन पार्कसम्मका बागमती नदी किनाराका संरचनाहरू पनि डुबाएका छन्। करिडोरका पार्क, शौचालय, प्रतिक्षालय डुबानमा परेको छ। 

गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला,  जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ।
    
निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृहमन्त्रालयमा आपतकालीन बैठक जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .