ad ad

फोटोफिचर


प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग स्तब्ध हुँदा (तस्बिरहरू)


सरोज नेपाल
साउन २०, २०८१ आइतबार २०:४६, काठमाडौँ

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल इरानसँग पराजित भएको छ। प्रतियोगितामा यो नेपालको पहिलो हार हो। यसअघि नेपालले श्रीलङ्का र भारतलाई पराजित गरेको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा इरानले नेपाललाई ३–२ ले पराजित गरेको हो। इरानविरुद्धको खेलमा नेपालको सुरुआत भने राम्रो हुन सकेन।

नेपाल पहिलो सेटमा इरानसँग १६–२५ ले पराजित भयो। उक्त सेटमा इरानले १६–१० को अग्रता बनाएपछि नेपाल खेलमा फर्कन सकेन।

दोस्रो सेटमा भने नेपालले उत्कृष्ट सुरुआत गर्दै खेललाई आफ्नो पक्षमा ल्यायो। नेपालले सुरुआतमा ७–० को अग्रता बनाएको थियो। सोही अग्रतालाई जोगाउदै नेपालले इरानमाथि २५–१६ ले जित्यो र खेललाई एक-एकको बराबरीमा ल्यायो।

खेलको तेस्रो सेटमा नेपाल पुनः पराजित हुन पुग्यो । तेस्रो सेटको सुरूआतमा नेपालले ७–२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन। इरानले ९–९ को बराबरीमा पुर्‍याएपछि यो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। अन्त्यमा इरानले २५–२३ ले जित्यो।

खेलको चौथो सेटमा नेपालले संयमित प्रदर्शन गर्‍यो। उक्त सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दै खेललाई दुई–दुईको बराबरीमा ल्यायो।

त्यसपछिको अन्तिम तथा निर्णायक पाँचौ सेटमा भने नेपाल पराजित गर्यो। इरानले पाँचौ सेट १५-१३ ले जित्यो। जितसँगै इरानले ४ खेलबाट सात अङ्क बनाएको छ भने नेपालको तीन खेलबाट छ अङ्क छ।

नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। नेपालसँगै सेमिफाइनलमा इरान, भारत र श्रीलङ्का पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .