ad ad

फोटोफिचर


लकडाउनमा काठमाडौंका सडक चिल्ला भए, चाबहिल–साँखु मार्ग उस्तै (फोटोफिचर)


प्रविन कोइराला
बैशाख १, २०७७ सोमबार ११:३२,

नेपालखबरले केही दिनअघि चक्रपथभित्रका सडकको फोटोफिचर सम्प्रेषण गर्दा सामाजिक सञ्जालमा सरकारको ठूलै प्रशंसागान भएको थियो। नहोस् पनि किन! आखिर सडक चिल्लो र चिटिक्क जो देखिएको थियो।

फेसबुक र ट्विटरमा भौतिक मन्त्री वसन्त कुमार नेम्वाङको प्रशंसा नगर्ने सायदै थिए। तर कतिपयले टिप्पणी गरेकै थिए – चक्रपथबाहिर पनि हेर्ने कि! नभन्दै चक्रपथभित्र जति सफा र चिटिक्क सडक छ, बाहिरको सडक दुर्दशा बिल्कुल उल्टो छ। सञ्चारमाध्यमले जे देख्छ, सोही कुरा जस्ताको त्यस्तै सम्प्रेषण गर्छ।

हामी गौशाला, चाबहिल हुँदै साँखु, मूलपानीसम्म पुग्दा सडकको अवस्था धूलोमुक्त हुन सकेको देखिएन। यस खण्डमा सडक विस्तारपछि अलपत्र छ। केही स्थानमा मुआब्जा विवाद टुंगो नलाग्नाले यहाँ वरपरका स्थानीयबासी धूलो र हिलोबाट आजित बनिरहेका छन्। हेर्नुहोस् यो सडकखण्ड कस्तो छ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .