सप्तरीको भारदहमा १५ वर्षीय किशोरको हत्या भएको छ। हनुमान नगर १ का सुरज साहको शव मन्दिर नजिकै सोमबार फेला परेको सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।
स्थानीयले शव देखेपछि प्रहरीलाई शवर गरेका थिए। उनको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
हत्या कसले र किन ग-यो भन्ने खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए।
प्रतिक्रिया