ad ad

फोटोफिचर


लकडाउनको इद उल फित्र घरमै ! तारिक मियाको पहिलो अनुभव (फोटोफिचर)


प्रविन कोइराला
जेठ १२, २०७७ सोमबार ७:२४,

इस्लाम धर्मावलम्बीहरूले आज परेको पवित्र रमजान अर्थात् इद उल फित्र घरमै मनाएका छन्। महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बी दिनमा निराहार बसेर एक महिनाको रोजा व्रत पूरा गर्छन् र इद उल फित्र मनाउँछन्।

पहिलेजस्तो यसपटक कोरोनाको कारण सामूहिक रुपमा इदगाहमा नमाज पढ्न भने उनीहरुले पाएनन्। राष्ट्रिय मुस्लिम आयोगले यस वर्ष कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने तथा मुलुकमा लकडाउन पनि कायमै रहेकाले यो नमाज घरघरमै पढ्न सार्वजनिक रुपमै आग्रह गरेको थियो। सामूहिक रुपमा एकआपसमा अंकमाल गरेर शुभकामना आदानप्रदान गर्ने यो पर्वको विशेषता भए पनि कोरोनाका कारण यो वर्ष काठमाडौंको जामे, काश्मिरीलगायत सबै मस्जिद सुनसान बनेका छन्। सरकारले पनि इस्लाम धर्मावलम्बीलाई घरमै बसेर यो पर्व मनाउन आग्रह गरेको थियो।

सोही कारण तारिक मिया र उनको परिवारले काठमाडौंको गल्कोपाखास्थित आफ्नो घरबाटै यो पर्व मनाए। तारिकका लागि यो वर्षको इद उल फित्र नयाँ अनुभव भएको उनले बताए। रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४१ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुस्लिमहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने यो धर्मावलम्बीको विश्वास छ।

दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। यसमा मुस्लिमले आफ्नो गच्छेअनुसार परिकार बनाएर खाने गर्छन् भने एकले अर्कालाई इद मुबारक भनेर शुभकामना आदानप्रदान गर्ने गर्छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .