ad ad

समाज


डिल्लीबजार कारागार झडप : छानबिन टोली गठन, नाइके गिरीलाई सारियो

डिल्लीबजार कारागार झडप : छानबिन टोली गठन, नाइके गिरीलाई सारियो

नेपालखबर
जेठ १२, २०७७ सोमबार ७:५०,

डिल्लीबजार कारागारमा आइतबार बिहान भएको घटना छानबिन गर्न टोली गठन गरिएको छ।

कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारी र शाखा अधिकृत देवर्षि सापकोटालाई खटाएको विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिएका हुन्।

कारागारको ‘क’ ब्लकका केही कैदीले उधारोमा खान पाउनुपर्ने माग गरेपछि आइतबार बिहान नाइके गोकुल गिरीसँग झडप भएको थियो। झडपमा शमशेर बहादुर तामाङ घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो । वीर अस्पतालमा उपचारपछि तामाङ कारागार फर्किसकेका छन्।

झगडामा संलग्न ‘क’ ब्लकका नाइके गिरीलाई ‘ख’ ब्लकमा सारिएको छ।

यसअघि घरबाट पैसा ल्याएर भीआईपी खाना खाँदै आएका कैदीले घरबाट रकम ल्याउन नसकेपछि उधारोमा त्यस्तै खाना खुवाउन माग गरेका थिए। तर उधारोमा भीआईपी खाना खुवान नसक्ने नाइके गिरीले बताएपछि विवाद हुँदा झडप भएको थियो।

अहिले कारागारको अवस्था सामान्य रहेको र अब पनि विवाद बढे कैदी सरुवा गरिने विभागले जनाएको छ। कारागारले हरेक कैदीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ सिदा दिँदै आएको छ।

तर कतिपय कैदीले भने यो अपुग भएको भन्दै घरबाट रकम मगाएर थप गुणस्तरीय खाना खाने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .