नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चढेको गाडी शुक्रबार सानेपास्थित बागमती सडक कोरिडोरमा डुब्यो।
त्रिपुरेश्वरबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी टेकु पुलमुनी लगभग पुरै डुबेको थियो। गाडी डुबेपछि स्थानीयले गाडी बाहिर निकालेका थिए।
पानीमा गाडी फसेपछि कोइराला गाडीबाट उत्रिएर नजिकैको चिया पसलतिर गएका थिए। कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जाँदै थिए।
कोइरालाको गाडी फसेकै ठाउँमा शुक्रबार मात्रै अन्य तीनवटा गाडी फसेका थिए। डुबेका गाडीलाई डोरीको सहायताले बाहिर निकालिएकाे थियाे।
अबिरल वर्षाका कारण काठमाडौंका सडक जलमग्न भएका छन् भने देशभरको जनजीवन प्रभावित भएको छ।
प्रतिक्रिया