ad ad

फोटोफिचर


महासंघको एसोसिएटतर्फ एक उपाध्यक्षसहित १९ सदस्यका लागि यसरी भइरहेछ मतदान (फोटोफिचर)


प्रविन कोइराला
मंसिर १३, २०७७ शनिबार ४:४४,

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको निर्वाचन बबरमहलस्थित कार्की ब्यांक्वेटमा भइरहेको छ। एक उपाध्यक्षसहित १९ जना एसोसिएट सदस्यका लागि अहिले मतदान भइरहेको हो।

उपाध्यक्षको लागि रामचन्द्र संघई र सौरभ ज्योती निर्वाचनमा छन् भने १९ जना सदस्यको लागि ३३ जना प्रतिस्पर्धामा रहेका छन्। वरिष्ठ उपाध्यक्षको लागि एसोसिएटतर्फको मतभार ३० प्रतिशत हुने व्यवस्था छ।

एसोसिएटतर्फ कुल मतदाता ९ सय ४ जना रहेका छन्। एसोसिएटमा पोक्सी लिन पाउने व्यवस्था छ। त्यसकारणले ९ सय ४ जना मतदान केन्द्र उपस्थित भने हुँदैनन्। कुल मतदाता संख्याको आधा भन्दा कम संख्यामा व्यवसायी उपस्थित भएर एसोसिएटतर्फको निर्वाचन हुने महासंघले जनाएको छ।

कोरोना जोखिमकै कारण मतदान पनि ३ स्थानमा राखिएका छन्। एकपटकमा २५ जनाभन्दा बढी लाइनमा बस्न नपाउने व्यवस्था गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .