प्रमुख प्रतिपक्षी नेकपा एमाले शुक्रबार बसेको संसद बैठकमा नाराबाजीसहित वेल घेराउ गरको छ।
वेल घेराउ गरेर एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक नै स्थगित गरेका छन्।
बैठकको सुरुमै एमाले सांसदहरुले ड्यासबाट उठेर विरोध सुरु गरेका थिए।
एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षले गम्भीर आरोप लगाएको भन्दै त्यसबारे प्रष्ट नहुन्जेल संसद अघि बढ्न नदिने उल्लेख गरे।
‘सदन सुचारु हुनुपर्छ। हामी पनि त्यही चाहन्छौँ। यति गम्भीर किसिमको आरोप लगाइएको छ। पशुपतिनाथमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लागेको छ’, एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यसबारे छानबिन हुनुपर्छ। देशको मुख्य चुनौती भ्रष्टाचार हो। जुनसुकै पक्षको मनोबल गिराउनु छ। सदनभित्र भ्रष्टाचारका विषय मनलाग्दो गरी आएका छन्। बिनाआधार बिनाप्रमाण आरोप लगाइन्छ भने एमाले चुप बस्दैन।’
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षबाट बिनाआधारका एकपछि अर्को आरोप आउने काम भएको भन्दै आपत्ति जनाएका थिए।
तस्बिरहरु : सरोज बैजु/प्रदीपराज वन्त
Shares
प्रतिक्रिया