ad ad

राजनीति


सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त

सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १७:५,

नेकपा केन्द्रीय सदस्य थापालाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस सल्लाहकारमा नियुक्त गरेको हो।

कुन्दन अर्यालले प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट राजीनामा दिएपछि थापालाई नियुक्त गरिएको हो।

थापा दोस्रो पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका हुन्। यसअघि उनी तत्कालीन प्रधानमन्त्री झलनाथ खनालका प्रेस सल्लाहकार रहिसकेका छन्।

समाजशास्त्र विषयमा मास्टर्स गरेका र हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल गरिरहेका थापा लामो समय सक्रिय पत्रकार थिए। बुधबार साप्ताहिकको सम्पादक रहिसकेका उनी २०६२र६३ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य थिए।

थापाले गणतन्त्र र प्रेस स्वतन्त्रता जस्ता विषयमा पुस्तक लेखेका छन्।

मन्त्रीपरिषद बैठकले पूर्व राजश्व सचिव लालशंकर घिमिरेलाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेका छन्। त्यस्तै गजेन्द्र थपलियालाई विकास विज्ञ नियुक्त गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .