रौतहट राजपुर बम काण्डमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई रातारात ललितपुरको नख्खु कारगार ल्याइएको छ।
आलमलाई जिल्लामा राख्नसमेत जोखिम देखिएपछि अदालतले थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार राति नख्खु कारागार ल्याइएको हो।
स्राेतका अनुसार डिल्लीबजार सदरखोर आउने आलमको चाहना भए पनि गृह मन्त्रालयले धेरै भीभीआईपी कैदी एकैठाँउ राख्न सहमति नदिएपछि उनलाई नख्खु कारागार ल्याइएको हो।
रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भुपेन्द्र खत्रीले आलमलाई नख्खु कारागार पुर्याएर प्रहरी टोली फर्किने तयारीमा रहेको नेपालखबरलाई जानकारी दिए।
याे पनि : अफताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश (आदेश सहित)
प्रतिक्रिया