ad ad

समाज


पहाडी/हिमाली भेगमा वर्षा/हिमपातको सम्भावना, सतर्कता अपनाउन सुझाव

पहाडी/हिमाली भेगमा वर्षा/हिमपातको सम्भावना, सतर्कता अपनाउन सुझाव

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार २:२९,

आज (शनिबार) देशभर मौसम बदली भएको र पहाडी तथा हिमाली भेगमा वर्षा/हिमपातको सम्भावना रहेको भन्दै ती क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दैै भनेको छ : पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको हुनाले ती पहाडी तथा हिमाली भूभागमा यात्रा गर्ने तथा बसोबास गर्नेहरूले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद् मञ्जु बासीका अनुसार पाकिस्तान तथा आसपासका क्षेत्रमा बनेको पश्चिमी न्यून चापीय प्रणाली र भारतको राजस्थानमा विकसित न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली गराएको हो।

अहिले देशका मध्य र पश्चिमी क्षेत्रमा मौसम आंशिकदेखि सामान्यसम्म र बाँकी स्थानमा आंशिक बदली भएको उनले बताइन्।

‘आज मध्य र पश्चिम पहाडका केही ठाउँमा वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ,’ नेपालखबरसँग उनले भनिन्, ‘यो सम्भावना अहिलेदेखि नै छ, किनकि ती क्षेत्रमा सामान्यदेखि पूर्णसम्म मौसम बदली छ।’

काठमाडौं उपत्यकामा अहिले खुलेजस्तो भए पनि आज दिनभरजसो मौसम बदली रहने अनुमान गरिएको मौसमविद् बासीले बताइन्।

मौसम पूर्वानुमान महाशाखाले गरेको आगामी तीन दिनसम्मको मौसम अनुमान :

कार्तिक ३०  गते (शनिबार)

दिउँसो :  देशका मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा  पूर्वी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी र मध्य उच्च हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति :   देशको  पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।


मंसिर    गते (आइतबार)

दिउँसो :  देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, मध्य पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

राति :   देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, मध्य पहाडी भुभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

मंसिर  २  गते (सोमबार)

दिउँसो :  देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडी भूभागका थोरै र मध्य पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

राति :   देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  पूर्वी पहाडी भूभागका थोरै र मध्य पहाडी  भूभाका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .