ad ad

राजनीति


संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने

संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने

नेपालखबर
मंसिर १, २०७६ आइतबार १२:१९,

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले विभिन्न ४ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने भएको छ।

समितिको आइतबार बसेको बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण, काठमाडौं तराई दु्रतमार्ग, नलगाढ जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो।

समितिले सप्तरी, धनुषा, दैलेख, जाजरकोट, कञ्चनपुर र दार्चुलामा भौतिक पूर्वाधार एवं सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम संञ्चालन गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी सिंहदरबारभित्र बनाईएको दिगो विकास श्रोत केन्द्रको मंसिर ८ गते उद्घाटन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .