ad ad

राजनीति


प्रेस लोकतन्त्रको अक्सिजन हो : पूर्वराष्ट्रपति यादव

प्रेस लोकतन्त्रको अक्सिजन हो : पूर्वराष्ट्रपति यादव

नेपालखबर
मंसिर १, २०७६ आइतबार १२:२४,

पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रेस लोकतन्त्रको अक्सिजन भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै आइतबार पूर्वराष्ट्रपति यादवले जुन देशको प्रेस जति बलियो र स्वतन्त्र हुन्छ त्यहाँको लोकतन्त्र त्यति बलियो हुने गरेको बताए।

उनले देशको समुचित विकासमा स्वतन्त्र प्रेसले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुनाले प्रेसलाई कुनै पनि देशले संकुचन गर्न नहुने र देश, समाज तथा जनताको चौतर्फी विकासका लागि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।

प्रेस संकुचनमा परे लोकतन्त्र धरापमा पर्ने र लोकतन्त्र धरापमा परे जनताले दुःख पाउने तथा विकासका सारा बाटा बन्द हुने उल्लेख गर्दै उनले देश र जनताका भलाइ र समुचित विकासका लागि देशमा पूर्ण स्तन्त्रतासहितको प्रेसको विकल्प नरहेको बताए।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपालमा तीनै तहका सरकारले प्रेसलाई संकुचनमा पार्न खोजेको आरोप लगाए। त्यस्तै सम्बोधनकै क्रममा प्रदेश नं २ का पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र चौहानले नेपालमा प्रेस चौथो अंग भएर पनि स्वतन्त्र नरहेको तथा सधैँ आफ्नो अस्तित्वकै लागि सरकारसँग लडाइ लडिरहेको बताए।

कूल रु ३६ लाख ५३ हजार लागतमा बनेको महासंघको सो भवनको उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .