ad ad

राजनीति


रुस र सर्बियाकाे साताव्यापी भ्रमणमा निस्किँदै परराष्ट्रमन्त्री ज्ञवाली

रुस र सर्बियाकाे साताव्यापी भ्रमणमा निस्किँदै परराष्ट्रमन्त्री ज्ञवाली

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ४:३८,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (शनिबार) रुस जाँदै छन्।

परराष्ट्रमन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा निस्कन लागेका हुन्।

शनिबार अपराह्न ४ बजेपछि भ्रमण टोली रुस प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राजदूत र अन्य सरकारी अधिकारी रहने छन्।

नेपालबाट परराष्ट्रमन्त्री स्तरबाट ८ वर्षपछि रुसमा भ्रमण हुन लागेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्ने छन्। त्यस क्रममा नेपाल र रुसबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।

रुसमा रहँदा मन्त्री ज्ञवालीले नेपाल–रुस सम्बन्धबारे त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी संस्थाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन्।

सन् २०११ मा तत्कालीन पररराष्ट्र मन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गरेका थिए। सन् १९९२ मा रुसका परराष्ट्रमन्त्री नेपाल आएका थिए।

उनले रुसका राजनीतिक पार्टीका नेता र गैरआवासीय नेपालीहरुका प्रतिनिधिसँग पनि भेटघाट गर्ने छन्।

यसैगरी मन्त्री ज्ञवाली मंसिर ११ गते सर्बिया भ्रमणमा जाने छन्।

यही महिना नेपाल र सर्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दै छ। सर्बियामा रहँदा उनले उपप्रधान तथा विदेश मन्त्रीसँग भेट गर्ने छन् भने उच्च तहमा शिष्टाचार भेटवार्ता गर्ने छन्।

त्यस्तै लगानी र पर्यटन प्रवर्द्धनका लागि स्थानीय चेम्बर्स अफ कर्मसले आयोजना गर्ने अन्तरक्रियामा पनि मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ।

मन्त्री ज्ञवाली मंसिर १४ गते स्वदेश फर्किने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .