ad ad

राजनीति


एमालेमा प्रवेश गरे माओवादी छाडेका दाङका नेता जीवन गौतम

एमालेमा प्रवेश गरे माओवादी छाडेका दाङका नेता जीवन गौतम

नेपालखबर
असार १०, २०७९ शुक्रबार १६:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य जीवन गौतम नेकपा एमालेका प्रवेश गरेका छन्। 

स्थानीय तह निर्वाचनअगाडि असन्तुष्टि जनाउँदै माओवादी छाडेका गौतमलाई शुक्रबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले स्वागत गरे। 

गौतम माओवादीबाट घोराही उपमहानगरपालिकाले मेयर पदका दाबेदार थिए। तर उक्त पदको टिकट माओवादीले नदिने भएपछि असन्तुष्टि जनाउँदै उनले माओवादी छाडेका थिए। 

०७४ सालको स्थानीय तह निर्वाचनमा गौतम माओवादीबाट घोराहीमै मेयरका उम्मेदवार थिए। 

माओवादीमा नारायणकाजी श्रेष्ठनिकट उनले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गरिरहेका थिए। 

माओवादीले गैरकम्युनिस्ट चरित्र देखाएको आरोप लगाएका थिए। तत्कालीन शिक्षामन्त्री गिरीराजमणि पोखरेलको सल्लाहकारका रूपमा पनि उनी सक्रिय थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .