आगामी निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी अभियानको भेला शनिबार ललितपुरमा सुरु भएको छ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ९ बजेदेखि उक्त भेला सुरु भएको हो।
भेलामा काठमाडौंमा मेयर बालेन्द्र शाहलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको छ।
त्यस्तै धरान उपमहानगरका मेयर हर्क सम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमाललाई पनि निम्त्याइएको छ।
स्थानीय निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाहरु भेलामा सहभागी छन्। स्थानीय निर्वाचनका स्वतन्त्र रुपमा उम्मेदवारहरुको यो पहिलो विशेष भेला हो।
396
Shares
प्रतिक्रिया