ad ad

राजनीति


पर्साको ठोरी पुगेर किसानसँग अन्तरक्रिया गरे डा. शेखरले

पर्साको ठोरी पुगेर किसानसँग अन्तरक्रिया गरे डा. शेखरले

ठोरीका किसानसँग अन्तरक्रियाका क्रममा कांग्रेस नेता डा. शेखर कोइराला। तस्बिर : नेपालखबर


नेपालखबर
साउन १०, २०७९ मंगलबार १९:४, काठमाडौँ

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला यतिबेला मधेश प्रदेशमा केन्द्रित छन्। 

पर्साको वीरगञ्ज महानगरपालिकामा आयोजित कांग्रेसको कार्यक्रममा भाग लिन केही दिनअघि पुगेका कोइरालाले बीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेका छन्। 

उनले कांग्रेस ठोरी गाउँपालिका कार्यसमितिले गरेको वृक्षारोपण तथा पुरस्कार वितरण कार्यक्रमलाई पनि सम्बोधन गरेका छन्। 

उनले ठोरी-५ का किसानसँग भेटघाट गर्दै समस्या बुझेका छन्। उनीसँग किसानहरू पदमबहादुर बस्नेत, धनमाया खड्कासहितले ठोरीमा सिँचाइको सुविधा नहुँदा दु:ख पाएको गुनासो गरेका थिए। 

किसानको समस्या सुनेर कोइरालाले सिचाइँ संकट समाधानमा प्रतिवद्धता जनाएका थिए। 

उनले त्यसक्रममा त्यहाँको सिँचाइको समस्या समाधान गर्न स्थानीय प्रदेश सांसद शंकर चौधरीलाई निर्देशन समेत दिए।

उनले त्यसक्रममा कांग्रेसको सरकार भए पनि जनताको समस्या समाधान हुन नसकेको बताएका थिए। 

उनले त्यही समस्या बुझेर आफूले यहाँका किसानका कुरा सरकारसम्म पुर्‍याउने गरी आफू ठोरी आएको बताएका छन्। 

डा. कोइराला मंगलबार बहुदरमाई नगरपालिका-९, जिराभवानी गाउँपालिका  र ठोरी गाउँपालिका पुगेर त्यहाँका स्थानीयसँग अन्तरक्रियामा व्यस्त भएका हुन्। 

उनीसँग कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, पूर्व केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, रामकृष्ण यादव, किरण यादव, मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बू पनि थिए।

त्यसैगरी पूर्व सांसदहरू अजय द्विवेदी, राजेन्द्र अमात्य, डा. शोभाकर पराजुली, रञ्जित कर्ण, प्रदेश सभा सदस्य शंकरनारायण चौधरी र कांग्रेस ठोरी गाउँपालिका कार्यसमिति सभापति सन्तोष श्रेष्ठ पनि थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .