प्रमुख प्रतिपक्षी नेकपा एमालेले पछिल्लो समय ताइवानमा भइरहेको अमेरिकी सक्रियतालाई लिएर सरकारले बोल्नु आवश्यक रहेको बताएको छ।
आइतवार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले ताइवान मामिलाबारे सरकारले प्रष्टसँग एक चीननीतिको पक्षमा उभिनुपर्ने बताए।
एमालेले चीनको भूमि भनिएको ताइवानमा पछिल्लो समय भएको अमेरिको हस्तक्षेपलाई गम्भीर घटना भन्दै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उल्लेख गरे।
'ताइवानमा जे जस्तो गभ्मीर घटना भएको छ। त्यसबारे नेपाल सरकार बोल्नु आवश्यक छ', ज्ञवालीले भने, 'हामी सरकारलाई एक चीन नीतिप्रति दृढतापूर्वक उभिन आग्रह गर्छौँ। विश्वशक्तिका लहैलहैमा नेपाल जान सक्दैन।'
एमालेले नेपालसँग जोडिएको तिब्बत, हङकङ र ताइवान चीनका अभिन्न अंग भएको पनि संसदमा प्रष्ट पारेको छ
'तिब्बत, हङकङ र ताइवान चीनका अभिन्न अंग हुन्', उनले भने, 'सरकारले यसबारे बोल्नु जरुरी छ।'
Shares
प्रतिक्रिया