आफूविरुद्धको महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि कुरेको कुर्यै भएका छन्।
सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १२ हुँदासम्म सुरु हुन सकेको छैन।
समितिको बैठकमा बयान दिन चोलेन्द्र १० बजेर ५५ मिनेटमै सिंहदरबार छिरिसकेका थिए। तर बैठक सुरु नहुँदा समितिसँगै जोडिएको अर्को भवनमा चोलेन्द्र कुरेर बसेका छन्।
प्रधानन्यायाधीश राणामाथिको महाअभियोगबारे सिफारिस समितिले काम थाल्यो
महाभियोग सिफारिस समितिले जबरासँग बयान लिन बोलाए पनि आवश्यक मापदण्ड नै तय नगरेको पाइएको छ।
अहिले समितिका सदस्य सांसद र कर्मचारीहरु मापदण्ड बनाउनमा व्यस्त छन्।
मापदण्ड बनाउन जुटेका सांसदहरुबीच जबरासँग बयान लिने बैठकमा पत्रकारहरुलाई छिर्न दिने नदिने विषयमा पनि विभाजित भएका छन्।
एमालेका सांसदहरुले छिर्न दिनुपर्छ भनिरहेका छन् तर कांग्रेसका सांसदहरु भने पत्रकारलाई छिर्न नदिइ जबराको बयान लिनुपर्ने तर्क गरिरहेका छन्।
महाअभियोग सिफारिस समितिले तयारी नगरी जबरबलाई बयानका लागि बोलाएपछि बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो।
अर्कातिर समितिका सदस्य सांसदहरु पनि साढे ११ तिर मात्रै समितिको सभाकक्षमा छिरेका थिए। सांसदहरुले नै ढिला गरिदिएपछि बयान अझै अघि बढ्न नसकेको हो।
Shares
प्रतिक्रिया