पछिल्लो समय सोसल मिडियामा देखापर्ने विभिन्न गतिविधिका विषयमा समर्थन र विरोधका स्वर मुखरित भइरहेका छन्। महिलाको नाचको स्टाइलदेखि कतिपय ‘मर्यादा’का कुरासम्म बहसमा छन्।
यसै क्रममा एक महिलाले एमालेका स्वर्गीय नेता मदन भण्डारीको सालिकमा खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। ती महिलाले मदन भण्डारीको काखमा बसेर तस्बिर खिचेकी छन्।
मदन भण्डारीको सालिकको काखमा बसेर खिचेको तस्बिर ट्विटरमा देखेपछि नेकपा एकीकृत समाजवादीका नेता डा. विजय पौडेलले मेन्सन गर्दै भनेका छन्, ‘मान्छे बहुलाउन थाले।’
नेपालको काजी (८ किलास फेल) ले आफ्नो ट्विटरमा अपलोड गरेको तस्बिरका पक्षमा वकालत गर्दै विनोद क्षेत्री मेन्सन गर्छन्, ‘एक महिला आफ्नो अभिभावकको काखमा बसिन्, के बिराइन्?’
‘नाइज पोज’ लेखेर पोस्ट गरिएको तस्बिरमुनि ‘भुइँ मान्छे’ले मेन्सन गरेका छन्, ‘हाम्रो नेताको अपमान भयो भन्दै भोलि केस फाइल हुुन्छ अनि नाइस बाहिर आउँछ।’
झट्ट हेर्दा तस्बिरमा महिलाले नेता मदन भण्डारीलाई अभिभावकजस्तो मानेर सम्मान प्रकट गर्न वा माया पाउन खोजेको जस्तो पनि देखिन्छ। तर, ट्विटरमा धेरै मानिसले यो पोज अमर्यादित भएको भन्दै आलोचना गरेका छन्।
पाठकवृन्द! तपाईंलाई चाहिँ सार्वजनिक स्थलमा रहेको मदन भण्डारीको सालिकमा खिचिएको यो पोज स्वाभाविकै लाग्यो वा अस्वाभाविक?
Shares
प्रतिक्रिया