निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन दुई घण्टा मात्रै बयान दिएका छन्।
सिंहदरबारमा बुधबार करिब ५ घण्टा बयान दिएका जबराले बिहीबार सवा ११ बजेदेखि २ घण्टासम्म बयान दिने क्रममा प्रश्न नम्बर ५ र ६ को मात्रै जवाफ दिन भ्याए।
समितिले तयार पारेका ४३ मध्ये ५ र ६ नम्बर प्रश्नको उत्तर जबराले दिएपछि बैठक आगामी १९ गतेसम्मलाई स्थगित गरिएको हो।
सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको हो।
त्यसैगरी एमाले सांसदहरु कृष्णभक्त पोखरेल र विष्णुप्रसाद पौडेल गृहजिल्ला जाने भएपछि बयान स्थगित गरिएको हो।
चोलेन्द्रले बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए। बिहीबार थप दुईवटाको दिएपछि ६ वटाको जवाफ सकिएको छ।
बैठकपछि बोल्दै कांग्रेस सांसद एवम् समिति सदस्य मीनबहादुर विश्वकर्माले अब चोलेन्द्रसँग भदौ १९ मा मात्रै बयान हुने बताए।
'आज चाँडै सक्यौँ। भोलि संसद बैठक छ। पर्सि शनिबार भइगयो', उनले भने, 'अब हामी १९ गते प्रश्न सातबाट अघि बढ्छौँ।'
विश्वकर्मा आज अलिक छिटो प्रक्रिया अघि बढ्ने भनिएकोमा ५ र ६ नम्बर प्रश्नले अल्मल्याएको बताए।
'तर ५ र ६ नम्बरमा लामो समय लाग्यो प्रधानन्यायाधीशको जवाफ लामो भयो', उनले भने, 'उहाँले सांसदहरुले सोधेको प्रश्न औचित्यहीन भनिदिनिु भयो। तर यसलाई हामीले सामान्य रुपमा लिएका छौँ।'
विश्वकर्माले जबराले आफ्नो बचाउमा गरिने प्रयासमा व्यक्त गरेका कुरालाई गम्भीरतापूर्वक लिनु जरुरी नरहेको बताए।
'उहाँलाई आज न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको र शक्ति सन्तुलन कायम गर्न नसकेकोबारे प्रश्न सोधिएको थियो', उनले भने, 'भ्रष्टाचारसँग जोडिएर काम गरेको भनिएको थियो। तर उहाँ घरी घरी संसदलाई नै प्रश्न गर्ने शैलीमा जानु भयो।'
तर विश्वकर्माले जबराले के के विषयमा सांसदहरुमाथि नै प्रश्न उठाए भन्ने खुलाएनन्।
यी पनि
- ‘ललिता निवासमा माधव नेपाल र बाबुराम भट्टराई जोगाउन मलाई महाअभियोग लगाइयो’
- चोलेन्द्रले चार घण्टामा चारवटा प्रश्नको जवाफ दिए
- दिनभर भोकै बयान दिएका चोलेन्द्र सहकर्मी न्यायाधीशलाई मुछेर फर्किए
- चोलेन्द्रलाई सोधिने यी हुन् ४३ प्रश्न
- बयान दिन सिंहदरबार पुगेका चोलेन्द्र डेढ घण्टादेखि कुरेको कुर्यै
- प्रधानन्यायाधीश राणामाथिको महाअभियोगबारे सिफारिस समितिले काम थाल्यो
- बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा
- चोलेन्द्रले भने : महाअभियोग निष्क्रिय भइसक्यो, अब यसको औचित्य सकियो
- चोलेन्द्रको गुनासो : परमादेशबाट जसले सरकार बनाए, उनैले महाअभियोग लगाइदिए
- चोलेन्द्रको बयान : पत्रकारलाई बैठक कक्षमा राख्ने पक्षमा एमाले, कांग्रेस र माओवादी मानेनन्
- महाअभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान सुरु
- चोलेन्द्रले समितिसँग उल्टै मागे महाअभियोग लगाउनुको कारण
- चोलेन्द्रको गुनासो : परमादेशबाट जसले सरकार बनाए, उनैले महाअभियोग लगाइदिए
- चोलेन्द्रले चार घण्टामा चारवटा प्रश्नको जवाफ दिए, भोलि फेरि बयान
- मीन विश्वकर्मा भन्छन् : जबराले प्रतिरक्षा गर्नु सामान्य हो, हामीलाई चिसो पस्दैन
- चोलेन्द्रसँग दोस्रो दिनको बयान सकियो, ५ र ६ नम्बर प्रश्नको जवाफ दिए
Shares
प्रतिक्रिया