स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्।
साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गरिएको संयोजक सुमन सायमीले बताएका छन्।
ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिने गरिएको हो।
स्वतन्त्र अभियान अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभामा उठ्न तयार उम्मेदवारहरुले काठमाडौंका मेयर बालेन्द्र शाहको शैलीमा राष्ट्रिय झण्डा ओढेका थिए।
को कहाँबाट?
प्रतिनिधि सभा
मधुसुदन पाठक 'सिते बा'-काठमाडौं क्षेत्र नम्बर ५
विद्या श्रेष्ठ महर्जन-काठमाडौं क्षेत्र नम्बर ९
रोहन कार्की-काठमाडौं क्षेत्र नम्बर २
भीष्म राणा-रुपन्देही क्षेत्र नम्बर ५
राजाराम तन्डुकार-ललितपुर क्षेत्र नम्बर ३
सुमन सायमी-काठमाडौं क्षेत्र नम्बर ८
प्रदेश सभा
विनोद बजगाईं-काठमाडौ २ 'क'
अनिलकुमार पाण्डे-महोत्तरी २ 'ख'
गजेन्द्र कुमार भगत-उदयपुर २ 'क'
विजय कालिकोटे-सुनसरी १ 'क'
यो अभियानका संयोजक सुमन सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए।
- ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा हुँदै
- स्थानीयमा आँखीझ्याल बोकेका सुमन सायमी काठमाडौं ८ बाट उठ्ने
त्यसबेला चौथो स्थानमा आएका उनले बालेन्द्रको विजय जुलुसमा साथ दिएका थिए। महानगरपालिकाको प्रमुख पदमा उठेका सायमीले त्यसबेला १३ हजार ७ सय ७० मत ल्याएका थिए।
आँखीझ्याल चुनाव चिन्ह पाएका सायमी त्यसयता स्वतन्त्र अभियानमा सक्रिय छन्। सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने यसअघि नै बताइसकेका छन्।
Shares
प्रतिक्रिया