नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी मापदण्ड तयार पारेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मापदण्ड बारे जानकारी दिँदै सोही आधारमा उम्मेदवारी दिइने बताए।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई मंगलबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीन वटा आधार बनाइएको जानकारी दिएका हुन्।
प्रचण्डले भने, ‘१, जित्ने उम्मेदवार हुनुपर्ने। २, जित्ने मात्र भएर भएन, इमान्दार र पार्टीको नियम कानुनप्रति प्रतिबद्ध हुनुपर्यो र ३, समानुपातिक समावेशीलाई ध्यानमा राख्ने।’
अध्यक्ष प्रचण्डले सकेसम्म महिला जित्ने सम्भावना भएका ठाउँमा महिला नेता उठाउने प्रष्ट पारे।
300
Shares
प्रतिक्रिया