ad ad

राजनीति


गठबन्धनको विरोध गरेर कांग्रेसलाई सिध्याउने षड्यन्त्र हुँदैछ: प्रधानमन्त्री देउवा

भने : त्यसबेला ओलीको हैकम थियो, कांग्रेस कार्यकर्ता थरथर काँप्थे
गठबन्धनको विरोध गरेर कांग्रेसलाई सिध्याउने षड्यन्त्र हुँदैछ: प्रधानमन्त्री देउवा

चितवनमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवा। तस्बिर : रासस


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १७:३०, चितवन

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस पनि बलियो हुने बताएका छन्। 

१०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा शुक्रबार गरेको कार्यक्रममा देउवाले यसो भनेका हुन्। 

'गठबन्धन जोगाएर लैजान आवश्यक छ। गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो', कांग्रेस सभापतिसमेत रहेका देउवाले अगाडि भने। 

गठबन्धन नहुँदा नेपालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हैकमवाद चलेको बताउँदै उनले भने, 'त्यसबेला कांग्रेस नेता-कार्यकर्ताहरू डरले थरथर हुने गर्थे।'

उनले त्यसबेला सबै मिलेर ओलीलाई सत्ताबाट हटाउनुपर्छ भनेको पनि स्मरण गराए। 

'त्यसबेला सबैजनाले ओलीलाई सत्ताबाट हटाउनुपर्छ भनेको हो नि!', उनले भने,'गठबन्धन गरेर हटाएर आज के भयो? पहिले हामीसँग केही थिएन। अहिले हाम्रो नेतृत्वको सरकार छ। मुख्यमन्त्री पनि हाम्रै छन्। गठबन्धन रहिरहे यो त फेरि पनि भइरहन्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .