ad ad

राजनीति


महाभियोग समितिको बैठक बस्दै, चोलेन्द्रलाई पुरक प्रश्न सोधिने

महाभियोग समितिको बैठक बस्दै, चोलेन्द्रलाई पुरक प्रश्न सोधिने

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार ७:२६, काठमाडौँ

महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ। शुक्रबार (३१ भदौ) बिहान ९ बजे बैठक बोलाइएको हो। 

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक प्रश्न सोध्नका लागि लागि पुनः आज बैठक बोलाएको हो।

यसअघि चोलेन्द्रसँग समितिले ४३ वटा प्रश्न सोधिसकेको छ। यसबीचमा बयानका क्रममा उनले आरोपित गरेका सात जना वकिलसँग समितिले बिहीबार(३० भदौ) बयान लिएको छ। 

यस्तै, उनले आरोपित गरेका ६ जना बहालवाला सर्वोच्चका न्यायाधीश र ४ जना पूर्वप्रधानन्यायाधीसलाई समितिले छलफलका लागि बोलाएपनि उपस्थित भएनन्।

जबराले बयान दिने क्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुको पनि नाम लिएपछि उनीहरुले आरोपको खण्डन गरेका थिए। पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै चोलेन्द्रले आफूहरुविरुद्ध लगाएका आरोपको खण्डन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .