ad ad

समाज


चीनको कोइला खानीमा विस्फोट, चौधको मृत्यु

चीनको कोइला खानीमा विस्फोट, चौधको मृत्यु

नेपालखबर
पुस १, २०७६ मंगलबार ९:७,

खानीमा रहेको ग्याँस विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ। अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन्।

मङ्गलबार बिहानको समयमा भएको यस विस्फोटमा च्यापिएका दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन्। घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र तेह्र जना खानी भित्रै च्यापिएको भोलीपल्ट यो घटना भएको हो।

बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए। चीनमा यस्ता विस्फोटनका घटना निरन्तर हुँदै आएका छन् । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटनका घटना हुने र मानिसहरुको मृत्यु हुनेगरेको छ।

गत महिना सान्छीमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .