पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतबाट लाखौँ मुस्लिम भागेर अन्यत्र जानसक्ने बताएका छन्।
जेनेभामा शरणार्थीसम्बन्धी एक कार्यक्रममा बोल्दै खानले भारत नियन्त्रित कस्मिरमा जारी कर्फ्यु र भारतको नयाँ नागरिकता कानुनका कारण ‘अन्य सबै संकटभन्दा ठूलो शरणार्थी संकट’ उत्पन्न हुनसक्ने चेतावनी दिएका हुन्।
‘त्यहाँ शरणार्थी संकट आइपर्ला भनेर मात्र हामी चिन्तित भएका होइनौँ,’ खानले भने, ‘त्यसले दुई आणविक शक्तिसम्पन्न मुलुकबीच द्वन्द्व निम्त्याउन सक्छ भनेर हामी चिन्तित भएका हौँ।’
उनले आफ्नो मुलुकले थप शरणार्थीलाई शरण दिन नसक्ने पनि स्पष्ट पारे। उनले कस्मिरको विषयमा तत्काल हस्तक्षेप गर्न पनि विश्व समुदायसँग आग्रह गरे। रोयटर्स
3
Shares
प्रतिक्रिया