ad ad

खेल


प्रधानसेनापति महिला फुटबलमा भुटानी टोलीको विजयी सुरुवात

प्रधानसेनापति महिला फुटबलमा भुटानी टोलीको विजयी सुरुवात

नेपालखबर
पुस १, २०७६ मंगलबार १२:१७,

छिरिङ याङदेनको ह्याट्रिक मद्दतमा प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पाहुना टोली भुटानले विजयी सुरुवात गरेको छ।

ललितपुरको लगनखेलस्थित नेपाल आर्मीको खेल मैदानमा मगंलबार भएको खेलमा प्रदेश ५ लाई ३–० गोल अन्तरले पराजित गर्दै भुटानले पहिलो जित दर्ता गरेको हो।

पहिलो हाफमा २–० ले अग्रता बनाएके भुटानले दोस्रो हाफमा १ गोल थप्यो। पहिलो हाफको १९ औ मिनेटमा गोल गरेकी याङदेनले २३औँ मिनेटमा व्यक्तिगत दोस्रो र ५१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। राष्ट्रिय टोलीका केही र उमेर समूहको खेलाडीलाई साथमा ल्याएको भुटान फाइल पुग्ने योजनामा छ।

प्रतियोगितामा बुधबार शसस्त्र प्रहरीको एपीएफ र प्रदेश १ तथा त्रिभुवन आर्मी र सिक्किमबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल दिउँसो २ बजे लगनखेलस्थित नेपाल आर्मीको खेल मैदानमा हुनेछ।

यसअघि सोमबार भएको खेलमा विभागीय सशस्त्र प्रहरीको एपीएफले सिक्कीमको टोलीलाई १८–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

सोमबारै भएको अर्को खेलमा नेपाल पुलिस क्लवले प्रदेश २ लाई ३–० हार चखाएको थियो।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .