ad ad

राजनीति


नेकपा बैठकः अध्यक्षद्वयले समय मागेपछि एक दिन स्थगित

नेकपा बैठकः अध्यक्षद्वयले समय मागेपछि एक दिन स्थगित

नेपालखबर
पुस ३, २०७६ बिहिबार १२:१७,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल जारी छ।

पाँचौं दिन आज (बिहीबार) को बैठकमा पनि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि स्थायी कमिटीका सदस्यहरुले धारणा राख्ने क्रमलाई निरन्तरता दिएका हुन्।

त्यसक्रममा आज १० जनाले सुझाव राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। जसमा किरण गुरुङ, चक्रपाणी खनाल, सुवास नेम्वाङ, विष्णु रिमाल, भीम आचार्य, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, माधवकुमार नेपाल र झलनाथ खनाल रहेका थिए। अब पार्टी महासचिव विष्णुप्रसाद पौडेलले मात्रै प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि धारणा राख्न बाँकी रहेको छ।

स्थायी समितिको अर्को बैठक पुस ५ गते बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ। प्रतिवेदन र विधान संशोधन प्रस्ताव माथि प्रस्तुत धारणा, सुझाव र दृष्टिकोणलाई मध्यनजर गरी पार्टी अध्यक्षद्वयले परामर्श गरी निर्णयको तयारीका निम्ति भोलि एकदिन बैठक स्थगित रहेको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .