ad ad

राजनीति


नेकपाले एमसीसी सम्झाैता रोके कांग्रेसले प्रतिकार गर्ने

नेकपाले एमसीसी सम्झाैता रोके कांग्रेसले प्रतिकार गर्ने

नेपालखबर
पुस ३, २०७६ बिहिबार १२:७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विचारधीन रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता अनुमाेदन गराउन दबाब दिने भएको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले संसदमा उक्त सम्झाैता अनुमाेदन गराउन पहल गर्ने निर्णय गरेको एक सांसदले नेपालखरलाई जानकारी दिए।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा एमसीसी सम्झाैता अनुमाेदन गर्न नहुनेमा नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराइरहेका बेला संसदकै प्रमुख प्रतिपक्षी कांग्रेसले भने सम्झाैतालाई तत्काल अनुमाेदन गर्नुपर्ने निर्णय गरेको हो।

‘संसदमा विचाधारधीन एमसीसी सम्झाैता जसरी पनि अघि बढाउनुपर्‍यो, नेकपाले उक्त सम्झाैता रोके प्रतिवाद गर्ने निर्णय भएको छ’, बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सहभागी ती सांसदले नेपालखबरसँग भने।

यसैगरी कांग्रेसले आगामी दिन संसदमा कडा ढंगले प्रस्तुत हुनको लागि एजेन्डा पनि तय गरेको छ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा भारतले मिचेको नेपाली सीमा फिर्ता ल्याउन भइरहेको प्रगतिबारे सरकारको जवाफ माग गर्ने पनि निर्णय गरेको कांग्रेस सांसद मानबहादुर विश्वकर्माले जानकारी दिए।

यसैगरी विश्वविद्यालयमा राजनीतिक नियुक्ति गरेको विषयमा पनि उसले आपत्ति जनाएको छ। प्राज्ञिक थलोलाई राजनीतिको भर्ती केन्द्र बनाएकोमा त्यसलाई रोक्न संसदबाटै दबाब दिने कांग्रेसले रणनीति बनाएको छ।

यस्तै सरकारले गलत ढंगले गोकर्ण रिसोर्टको जग्गा नीजि क्षेत्रलाई दिनेगरी गरेको निर्णयबारेमा पनि सदनमा सरकारको जवाफ माग गर्ने र ध्यानाकर्षण गर्ने निर्णय भएको सांसद विश्वकर्माले बताए। संसदको हिउँदे अधिवेशन पुस ४ गतेलाई बोलाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .