प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कांग्रेस सभापति समेत रहेका देउवालाई भेट्न नेपाल सोमबार बिहान बालुवाटार पुगेका थिए।
निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दा दलहरुबीच अब बन्ने सरकारको बारेमा कसरत सुरु भएको छ। नेताहरुले पाँच दलीय गठबन्धन कायम रहने दाबी गर्दै आएका छन्। यद्यपि निर्वाचन परिणाम सार्वजनिक हुँदैगर्दा गठबन्धनका दलहरुबीच तिक्तता पनि बढ्न थालेको देखिएको छ।
अबको सरकार कसरी बनाउने भन्ने लगायतका समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।।
यसअघिआजै नेता नेपाललाई भेट्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कोटेश्वर पुगेका थिए। भेटमा रामचन्द्रले आफू प्रधानमन्त्री बन्नलाई सहयोग गर्न नेपाललाई आग्रह गरेका थिए।
87
Shares
प्रतिक्रिया