नेपाली कांग्रेस नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन्।
नेपाल सितोरियो कराँते केन्द्रीय शाखा डोजोले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको बताए।
अबको दिनमा आफू संघीयता कार्यान्वयनका साथै तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि कानुन निर्माणमा लाग्ने सिंहको भनाइ थियो।
संविधान कार्यान्वयन गर्न आवश्यक ऐनको अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक साथै खेल क्षेत्रको विकाशमा सोचे जस्तो कार्य गर्न सम्भव नभएको उनले बताए।
सिंहले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गरे। उनले समग्र खेल क्षेत्रको विकाशका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने पनि बताए।
Shares
प्रतिक्रिया