सन् २०१४ मा भाजपाले यस क्षेत्रमा आफ्ना क्षेत्रीय गठबन्धनसँग बहुमत हासिल गरेको थियो।
यसपटक नागरिकता कानुनको विवादमा फसेको भाजपा चुनावमा हार्ने देखिएको हो। झारखण्ड विधानसभा चुनावको मतगणना हाल जारी छ।
मतगणनालाई मध्यनजर गर्दा काँग्रेस–झामुमो–आरजेडीको बहुमत पक्का भएको बीबीसी हिन्दीले जनाएको छ।
झारखण्ड विधानसभाको निर्वाचनमा ८१ जना विधानसभा सदस्य निर्वाचित हुनेछन् जसमध्ये ४१ सिट जित्नेले सरकार बनाउनेछ।
भारतमा १२ बज्दासम्मको चुनावी मत परिणामअनुसार झारखण्ड मुक्ति मोर्चा–कांग्रेस र राष्ट्रिय जनता दलको गठबन्धनले ३९ सिटमा अग्रता बनाएको इन्डिया टुडेले जनाएको छ।
भाजपाले भने ३० स्थानमा अग्रता लिइरहेको छ।
प्रतिक्रिया