ad ad

राजनीति


रवि लामिछानेले मागे सिइओ, विदेशबाट फर्केकालाई अवसर, आकर्षक तलब

रवि लामिछानेले मागे सिइओ, विदेशबाट फर्केकालाई अवसर, आकर्षक तलब

नेपालखबर
पुस ८, २०७९ शुक्रबार ८:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि भ्याकेन्सी खुलाएका छन्। 

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामिछानेले चितवन पार्टी कार्यालयकै लागि सिइओ आवश्यक परेको भन्दै आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन अनुरोध गरेका छन्। 

आफूजस्तै विदेशबाट फर्किएकाहरुको लागि अवसर भएको भन्दै विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्ने मान्छेलाई आकर्षक तलब सुविधा सहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको उनले उल्लेख गरेका छन्। 

‘हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर  बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा  सहित म एयर्पोटमा स्वागत गर्न तयार छु,’ लामिछानेले भनेका छन्, ‘कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त?’

देशका मान्छे बाकसमा मात्र फर्किनुपर्छ भन्ने नभएको उल्लेख गर्दै लामिछानेले विदेशमा रहेका व्यवस्थापनमा दखल राख्ने मान्छे आफूहरुलाई खाँचो परेको उल्लेख गरेका छन्। ‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा  रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई  खाँचो परेको छ।’ लामिछानेले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .