ad ad

राजनीति


सत्ता गठबन्धनको बैठकमा किन गएनन् तीन दल?

सत्ता गठबन्धनको बैठकमा किन गएनन् तीन दल?

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकका सहभागी नेताहरु


नेपालखबर
पुस १४, २०७९ बिहिबार ११:४४, काठमाडौँ

नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको बैठकले आगामी ५ दिनभित्र सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको उक्त बैठले गठबन्धनको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ।

गृहमन्त्री लामिछानेले ती दलका नेताहरु उपत्यकाबाहिर व्यस्त भएकाले बैठकमा सहभागी नभएको बताएका छन्।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रविलामिछाने सहभागी थिए।

त्यसैगरी बुधबार सरकारमा सहभागी हुने निर्णय लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए। 

'अन्य दलका प्रतिनिधिहरु आजको बैठकमा आउनु भएन। उहाँहरु सरकारमा जाने तयारीमै हुनुहुन्छ', लामिछानेले भने, 'केही नेता उपत्यकाबाहिर भएकाले पनि आउनु भएन। अब सबै दलका नेताहरु जुटेर बैठक बस्छ, अनि साझा मस्यौदा बनाउँछ।'

बैठकपछि बोल्दै गृहमन्त्री रवि लामिछानेले सरकारका साझा कार्यक्रम निर्माणका लागि बैठकमा गम्भीर छलफल भएको बताएका छन्।

तर साझा कार्यक्रम निर्माणको निर्णयका लागि बसेको बैठकमा गठबन्धनका तीन दल भने सहभागी भएनन्। 

यसरी बालुवाटारमा बसेको गठबन्धनको पहिलो बैठकमा सहभागी नहुनेमा जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन्। 

गत आइतवार बालकोटमा बनेको सात दलीय गठबन्धनका यी तीनै सदस्य दलले सरकारलाई समर्थन गरिसकेका छन्। 

जनमतका सांसद अब्दुल खानले उद्योग मन्त्रीको जिम्मेवारी लिइसकेका छन्। जसपाले सरकारमा जानका लागि रामसहायप्रसाद यादवलाई दलको नेता चयन गरेको छ।

नागरिक उन्मुक्तिले पनि अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेता चयन गरिसकेको छ। तर अहिलेसम्म सरकारमा जानेबारे केही बोलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .